Comments Add Comment

क्यान इन्फोटेक वैशाख २८ गतेदेखि हुने

फाइल तस्वीर

१ चैत, काठमाडौं । यस वर्षको क्यान इन्फोटेक आगामी वैशाख २८ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान) आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो ।

क्यान इन्फोटेक वैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । कोरोना महामारीका कारण यस वर्ष विगतका वर्षमाभन्दा झण्डै ३ महिना ढिलो गरी मेला आयोजना हुन लागेको हो । कोरोना संक्रमणको जोखिम कम भइनसकेकाले मेलामा स्वास्थ्य सतर्कताका सम्पूर्ण मापदण्ड भने पालना गरिने आयोजकले जनाएको छ ।

क्यान इन्फोटेकको प्रवेश टिकटलाई यस वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।

यस वर्ष पनि ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा आयोजना हुँदै आएको क्यान इन्फोटेकको यो २७ औं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment