+
+
Shares

‘स्वतन्त्र र खुला इन्डोप्यासेफिक’का लागि नेपालसँग साझेदारी : अमेरिकी अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते ९:२४

२ चैत, सोमबार । एक उच्च अमेरिकी अधिकारीले राष्ट्रपति जो वाइडन प्रशासन ‘खुला र स्वतन्त्र’ इन्डो प्यासिफिक कायम राख्न नेपाललगायत दक्षिण एसियाली मुलुकसँग साझेदारी कायम गर्न इच्छुक रहेको बताएका छन् ।

इन्डोप्यासेफिक सुरक्षा सम्बन्धी कार्यवाहक अमेरिकी उपविदेशमन्त्री डेभिड हेलभेले त्यहाँका सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले वाइडेन प्रशासन ‘भारतलाई केन्द्रमा राखेर दक्षिण एसियाली मुलुकहरुसँग रक्षा सहकार्य गर्न प्रतिवद्ध रहेको’ उल्लेख गरे ।

उनले भारतसँगको रक्षा सहकार्यलाई विशेष प्राथमिकता दिएका थिए ।

उनले भने,’वाइडेन प्रशासनले भारतसँग रक्षा र प्राविधिक सहकार्य गहन बनाउन चाहिरहेको छ । त्यो हतियार र उपकरण मात्र उपलब्ध गराएर होइन्, भारतलाई आफ्नै सुरक्षासम्बन्धी औधोगिक आधार बनाउन सहयोग गरेर हुनेछ ।’ उनले भारतलाई वास्तविक साझेदार भएको समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?