+
+
Shares

भरूवा बन्दुकसहित स्याङ्जामा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १०:२०

२ चैत, काठमाडौं । स्याङ्जामा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । हरिनास गाउँपालिका-४ कुलुङखोला सानिस्वाराबाट सोही ठाउँका ३६ वर्षीय हेमबहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेल पक्राउ परेका हन् ।

जङ्गलमा सिकार खेल्न हिँडेका उनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एपी होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट एउटा भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १७ थान छर्रा र ५ ग्राम बारुदसमेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?