+
+
Shares

सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते ११:२४

२ चैत, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक परामर्श समितिको बैठक बैठक बस्दैछ । दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

यसअघि, दुई पटक फागुन २३ गते र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन ।

प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्दैछ । अघिल्लो दिन सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।

पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्थापना गरेको थियो ।

त्यसपछि दुई पटक बसेको प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था समिति बस्न सकेको थिएन ।

आजको बैठकमा भने नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपाका प्रतिनिधिलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?