Comments Add Comment

नेपाली फिल्ममा काम गर्न सधै तयार छुः निरुता सिंह

नायिका निरुता सिंहले आफू नेपाली चलचित्रमा काम गर्न सधै नै तयार भएको बताएकी छिन् । चलचित्र ‘दाल भात तरकारी’मा काम गरेपछि नयाँ चलचित्र साइन नगरेकी निरुताले आफूलाई सुहाउँदो भूमिका आयो र चित्तवुझ्दो कथा भयो भने काम गर्ने बताइन् ।

निरुताले भनिन्–‘मलाई नेपाली चलचित्र क्षेत्रले धेरै माया दिएको छ । नेपाल आउँदा सधै नै चलचित्र क्षेत्र र मिडियाकर्मीले संझिनुभएको छ । नेपाली चलचित्र क्षेत्रमा काम गर्न म सधै तयार छु ।’

निरुताले नायकद्धय उत्तम प्रधान र दिलिप रायमाझीसँग मिलेर ‘दर्पणछाया फेरि’ निर्माण गर्न लागेको पनि बताइन् । उनले भनिन्–‘कोभिड अगाडि नै हामी चलचित्रको छायांकनमा जाने तयारीमा थियौं । तर, कोभिडले गर्दा सबै काम रोकियो । अब, चाडै नै चलचित्रको काम अगाडि बढ्छ ।’

बिहेको बिषयमा भने निरुताले केटा नै नभेटेको भन्दै टारिन् । अब त बिहेको बेला भयो होला नी भन्ने प्रश्नमा उनले भनिन्–‘यत्रो मिडियाकर्मी दाजुभाइले नखोज्दिने । जहिले बिहे कहिले गर्ने भनेर सोधेर मात्र हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment