+
+

गोपी सापकोटाको ‘काँचो कागज’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १३:०३

काठमाडौं । गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’ बजारमा आएको छ । कलम प्रकाशनले प्रकाशित गरेको उपन्यासमा प्रेम, आशक्ति र अध्यात्मको विषयलाई केन्द्रमा राखिएको छ ।

लेखक गोपीका अनुसार उपन्यासमा प्रेम र आशक्तिदेखि जीवन–दर्शन र अध्यात्मको कथा छ । उनी भन्छन्, ‘प्रत्येक मानिसको मनको कुनामा जसरी प्रेम लुकेर बसेको हुन्छ, त्यसरी नै अध्यात्म पनि कतै न कतै थाहै नपाइकन लुकेर बसेको हुन्छ भन्ने कुरा छ ।’

गोपीले उपन्यासमार्फत् हाम्रो जीवनमा जे भइरहेको छ, त्यो कतै पहिले नै निश्चित भइसकेको त थिएन भन्ने प्रश्न उठाएका छन् । उपन्यासको कथा वि.सं २०४४ सालको परिवेशबाट सुरु भएर भविष्यको २०८८ मा गएर टुंगिन्छ । नेपाली नाटकको क्षेत्रमा प्रयोगधर्मी नाटककारको छवि बनाएका गोपीले उपन्यासमा पनि नयाँ शैली प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ ।

यसअघि लेखक गोपीका चार नाटक, तीन कविता र एक बालकथा गरी जम्मा आठ पुस्तक प्रकाशित भइसकेका छन् । ४३२ पृष्ठ रहेको ‘काँचो कागज’ उपन्यासको मूल्य ५ सय ९५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?