Comments Add Comment

मिर्गौला पीडित भूमिसरालाई अमेरिका बस्ने नेपालीको सहयोग

३ चैत, काठमाडौं । दुवै मिर्गौला खराब भएर उपचार गराइरहेकी रोल्पाको माडी गाउँपालिका-६ निवासी भूमिसरा घर्ती मगरलाई अमेरिका बस्ने नेपालीहरुले सहयोग गरेका छन् ।

अमेरिकाको टेक्सासमा बस्दै आएका नेपालीहरु कमल थापा, याशिका बाँठा र इन्द्रेणी कल्चर एशोसिएसनको पहलमा संकलित ७९ हजार ८९० रुपैयाँ बिरामी भूमिसरालाई हस्तान्तरण गरिएको हो ।

गायत्री नेशनल हस्पिटल घोराहीमा उपचाररत भूमिसरालाई सोही ठाउँमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको थियो ।

अमेरिका बस्ने कमल थापाको पहलमा एनिता राई, निरा निरौला, भावना भण्डारी, यशोदा चौलागाई, हरी कोइराला, सुरेन्द्र राम, विष्णु कँडेल, भिमसेन प्रधान, आशा क्षेत्री, रमा पोखरेल, अशोक यादव, प्रभा विष्ट, यशोदा थापा र इन्द्रेणी कल्चर एशोसिएसनको पहलमा दिलीप सुवेदी, देव शर्मा, रुपक खड्का, गोकर्ण दाहाल, सुशील क्षेत्री, जीवराज बुढा, हेमन्त गेलाल, जीवन गोषी, तेज अर्याल, नेत्र पाण्डे, जनक रानाले सहयोग गरेका थिए।

दुवै मिर्गौलाले काम गर्न नसकेपछि विगत लामो समयदेखि भूमिसराले प्राकृतिक उपचार गर्दै आएकी छिन् ।

कमजोर आर्थिक अवस्था भएका कारण निरन्तर उपचार गर्न समस्या भएकाले उपचारमा सहयोग गर्न बिरामी भूमिसराले अनुरोधसमेत गरेकी छिन।

उनले भनिन, ‘नियमित उपचारका कारण मैले आर्थिक अभाव झेल्नु परिरहेको छ । यहाँहरुको सहयोगले उपचारमा केही सहज हुने नै छ । साथै थप उपचारका निम्ति थप सहयोग आवश्यक पर्ने भएकोले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment