Comments Add Comment

कृषिमा बजेट घटाउँदा कृषिमन्त्री असन्तुष्ट

३ चैत, काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले अर्थमन्त्रालयले तोकेको बजेट आधारप्रति असन्तुष्टि पोखेकी छिन् । उनले कृषि क्षेत्रमा बजेट घटाएर उत्पादन बढाउन नसकिने भन्दै त्यसले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल नहुने बताइन् ।

उनले बजेट निर्माण र कार्यक्रमको प्राथमिकीकरणको पुरानो शैली त्याग्नु अत्यावश्यक रहेको बताइन् । आगामी आर्थिक वर्ष केही नयाँ कार्यक्रमलाई अगाडि बढाउन लागिएको जानकारी गराउँदै उनले अर्थमन्त्रालय र प्रधानमन्त्रीसँग छलफल गरेर आवश्यक बजेटको व्यवस्थापन गरिने बताइन् ।

उनले आगामी आर्थिक बर्ष इजरायली सरकारसँग मिलेर सेन्टर फर एक्स लेन्स नामको कार्यक्रम सुरु गर्न लागेको जानकारी दिइन् । इजरायलको विशेषज्ञता र प्रविधि हासिल हुने गरि ७ वटा प्रदेश र कृषि मन्त्रालयका सबै बागवानी केन्द्रहरुमा यो कार्यक्रम लागू गरिने छ ।

त्यसैगरी मुख्यबाली तथा उत्पादनमा आत्मनिर्भर हुनेगरी कार्यक्रम अघि बढाइने भएको छ। साथै सरकारले कुखुराको मासु, अण्डा, खसी, बोका र बंगुरको मासुमा आत्मनिर्भर भएको घोषणा गर्ने पनि तयारी गरेको छ ।

मन्त्री अर्यालले कृषिको व्यवसायीकरण र औद्योगिकीकरणमा बजेट बढी केन्द्रीत हुने बताइन् । अहिले नमुनाको रुपमा सुन्तला जापान जान थालेको र सुकेको घाँस चिन निर्यात हुने अन्तिम अवस्थामा पगेको पनि मन्त्री अर्यालले बताइन् । मन्त्री अर्यालका अनुसार, सरकारले विषादीरहित खाद्य वस्तुको उत्पादन र बजार व्यवस्थामा पनि प्राथमिकताको साथ बजेट तथा कार्यक्रम निर्माण गर्ने भएको छ ।

आगामी आर्थिक बर्ष २०७८ -७९ का लागि केही दिनअघि अर्थमन्त्रालयले सबै संघीय मन्त्रालयहरुलाई बजेटका प्राथमिकता बजेट आधार(सिलिङ्ग) तोकेपछि मन्त्रालयहरु आन्तरिक गृहकार्यमा व्यस्त बनेका छन् । विगत ३ वर्षदेखि नयाँ कार्यक्रम नल्याएको सरकारले आगामी वर्षमा पनि क्रमागत योजना बाहेक नयाँ कार्यक्रम नथप्न अर्थमन्त्रालयले मन्त्रालयहरुलाई निर्देशन दिएको थियो।

सरकारले प्राथमिकता दिएको क्षेत्र कृषिमा चालू आर्थिक वर्षमा प्राप्त भएको भन्दा ५ अर्ब घटाएर बजेट आधार तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment