Comments Add Comment

गुटगत भेला नगर्न एमाले महासचिवको निर्देशन

३ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गुटगत भेला नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । माधवकुमार नेपाल समूहका नेताहरुले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेला राखेपछि महासचिव पोखरेलले विज्ञप्ति जारी गर्दै पार्टीले कुनै भेला आयोजना नगरेको बताएका हुन् ।

उनले भनेका छन्, यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता कार्यकर्तालाई विशेष निर्देशन गर्दछ ।’

अन्या पार्टी र संसदीय दलको विधानअुसार हुने महासचिव पोखरेलको चेतावनी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment