+
+
Shares

मौसम पूर्वानुमान : ३ दिनसम्म चट्याङसहित सामान्य वर्षा हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते ८:२४

४ चैत, काठमाडौं । आगामी दिन दिनसम्म देशका केही ठाउँमा हावा हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।

अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको पनि प्रभाव परेको र त्यसले गर्दा मौसममा बदली आएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बुधबार दिउँसो र राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मेघगर्जन, चट्याङ र हावा हुरीसहित सामान्य वर्षाको सम्भावना शुक्रबारसम्मै कायम रहने भएकोले सतर्क रहन महाशाखाले सचेतसमेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?