
४ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखका मातृका खनाल नियुक्त भएका छन् ।
फागुन २८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले खनाललाई न्यायाधिवक्तामा नियूक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
आठबीस नगरपालिका–२, दैलेखका खनाल लामो समयदेखि अधिवक्ताकारूपमा काम गर्दै आएका छन् । खनाललाई केही दिनमा कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सपथ खुवाउने बताइएको छ ।
यसअघिका मुख्य न्यायाधिवक्तामा विद्याभुषण मानन्धरले कार्यव्यस्तताको कारण देखाउँदै केहीसमय अगाडि राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4