
५ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ३५ हजार ८३८ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिनायताकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १७१ जनाको मृत्यु भएको छ ।
भारतले मुलुकमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन तीव्र गतिमा गरेपनि पछिल्लो केही समययता कोरोना संक्रमितको संख्यामा बढ्दो क्रममा छ । अघिल्लो २४ घण्टामा पनि भारतमा कोरोनाका २८ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए ।
स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ संक्रमित संख्या महाराष्ट्रमा सबैभन्दा बढी देखिएका छन् । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा कोरोनाका २३ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।
भारतमा अहिलेसम्म एक करोड १४ लाखभन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् । एक लाख ५९ हजारभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया 4