+
+
Shares

तान्जानियाका राष्ट्रपति मागुफुलीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १२:३७

५ चैत, काठमाडौं । तान्जानियाका राष्ट्रपति जोन मागुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ । तान्जानियाका उप-राष्ट्रपतिले मागुफुलीको निधन भएको घोषणा गरेका हुन् ।

पछिल्लो समय मागुफुलीको स्वास्थ्यावस्थाको विषयमा विभिन्न किसिमको आशंका भइरहेको समयमा उपराष्ट्रपति सामिया सुलुहु हसनले मुटुको समस्याको कारण मागुफुलीको निधन भएको घोषणा गरेका हुन् । मागुफुली पछिल्लो १० वर्षयता मुटुको समस्याको कारण उपचार गराउँदै आएका थिए ।

गत मार्च ६ मा मागुफुलीको मुटुमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि डिस्चार्ज भएका उनको मार्च १४ मा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पुनः दार एस सलामको एक अस्पतालमा भर्ना गरिएको थियो ।

तान्जानियाको संविधान अनुसार अबको पाँच वर्ष उपराष्ट्रपति हसन तान्जानियाको राष्ट्रपति बन्नेछन् । मागुफुलीले मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को बेवास्ता गर्दै आएका थिए ।

भगवान्‌को कृपाले तान्जानियामा कोरोना नफैलिएको उनले बताउँदै आएका थिए । उनले मास्क लगाउने र लकडाउन गर्नेजस्ता कोरोना नियन्त्रणको उपाय अपनाउन पनि अस्वीकार गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?