Comments Add Comment

ग्रेटा राणाको ‘गोस्ट्स इन द ब्याम्बो’ सार्वजनिक

काठमाडौं । प्रसिद्ध अंग्रेजीभाषी उपन्यासकार ग्रेटा राणाको उपन्यास ‘गोस्ट्स इन द ब्याम्बो’ बुधबार सार्वजनिक भएको छ ।

ललितपुरस्थित एक कार्यक्रममा डा. हेमाङ्ग दीक्षित, डा. मधु घिमिरे र लेखक राणाले उपन्यास सार्वजनिक गरे ।

उपन्यासमाथि बोल्दै सगुना शाहले लेखकको निजी जिन्दगीसँग मिल्दाजुल्दा पात्र एलिनोर किटिभेनी मुख्य पात्रले लापालिस्तान काल्पनिक शहरको मानवीय जीवनको वर्णन गरेको र काल्पनिक कथालाई मौलिक कथाजस्तो शैलीमा बुनिएका बताइन् । उपन्यास पठानीय रहेको बताउँदै शाहले उनले भनिन्, ‘भाषिक प्रयोग र लेखकको व्यंग्यात्मक ह्युमरस पुस्तकको अझै बलियो पकड हो ।’

यस्तै संचारकर्मी चिराग बाङ्देलले लेखक ग्रेटा राणाको बारेमा बताए भने डा. हेमाङ्ग दीक्षित र डा. मधु घिमिरेले लेखकको संघर्षकालका संस्मरण सुनाएका थिए ।

लोकार्पणमा बोल्दै लेखक ग्रेटा राणाले उपन्यास प्रकाशक, सम्पादक र पाठकप्रति आभार व्यक्त गरिन् र आफ्ना अघिल्ला पुस्तकले जस्तै पाठकको माया पाउने अपेक्षा रहेको बताइन् । बेलायतमा जन्मिएकी ७८ वर्षीय राणा चार दशकदेखि नेपाल बसेर साहित्य लेखन, अनुवाद र सामाजिक कार्यमा सक्रिय छिन् ।

बुक हिलले प्रकाशन गरेको ३२० पेजको उपन्यासको मूल्य ५ सय ५५ रुपैयाँ रहेको छ ।

उपन्यास अमेजन डट कम, थुप्रै डट कम, किताब यात्रा डट कम र बुक हिलकै इ-प्ल्याटफर्मबाट उपलब्ध हुनुका साथै देशभरका पुस्तक पसलबाट खरिद गर्न सकिने बुक हिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment