+
+
Shares

कम्युनिष्ट सर्वसत्तावादविरुद्ध लड्‍न कांग्रेसभित्र एकता आवश्यक: नेतृ कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १८:४८

५ चैत, बुटवल । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले मुलुकमा उत्पन्‍न राजनीतिक जटिलताको निकास नेपाली कांग्रेसले नै खोज्नु पर्ने बताएकी छन् ।

जी.पी.कोइराला फाउण्डेशन रुपन्देहीको आयोजनामा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा बोल्‍दै उनले कांग्रेस कमजोर हुँदा देश कमजोर भएको र राजनीतिक संकट निम्तिएको बताइन् ।

उनले भनिन्, ‘ कम्युनिष्टहरुको सर्वसत्तावाद र अधिनायकवादकाविरुद्ध लड्न कांग्रेस भित्रपनि सहमति र एकता आवश्यक रहेको छ ।’ मुलुकलाई सही दिशा दिन काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नु पर्नेमा उनको जोड छ ।

कम्युनिष्टहरुले लोकतान्त्रिक गणतन्त्र र संविधान धरापमा पारेकाले दुवैको रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको उनले बताइन् । मुलुकलाइ सही दिशा दिन अन्तराष्ट्रिय शक्तिहरुको पछि नलागी उनीहरुलाई आफनो बाटोमा हिँडाउन राजनीतिक दलहरु सक्षम हुनुपर्ने नेतृ कोइरालाले बताइन् ।

‘स्वर्गीय गिरीजाप्रसाद कोइरालालाई पनि विदेशी शक्तिहरुले सुझाव दिन खोज्थे तर उहाँले विदेशीलाइ पनि कन्भिन्स् गर्नुहुन्थ्यो’–पुर्व परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले भनिन्।

व्यक्तिवादी चरित्र हाबी हुँदा नेपाली कांग्रेस कमजोर बनेको भन्दै उनले व्यक्तिवादी चरित्र छोडेर पार्टीलाइ जितको दिशामा लैजान नेता कार्यकर्तालाइ आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?