Comments Add Comment

लक्ष्यमा पुग्न नम्रताका २ मन्त्र

नायिका नम्रता श्रेष्ठको लकडाउनयताको दिनचर्या जीममा वित्छ । जीममा कडा मिहिनेत गरिरहेका तस्वीर उनी सामाजिक संजालमा पोष्ट गर्छिन् । नम्रताको जीमको कडा मिहिनेत दर्शकका लागि पनि प्रेरणाको श्रोत हुन सक्छ ।

चलचित्र क्षेत्रमा ‘गाँठो’बाट प्रवेश गरेकी नम्रता पछिल्लो केही महिनादेखि भने जीममा केन्द्रित छन् । आफूलाई स्वस्थ राख्न र आकर्षक देखाउन नम्रताको मिहिनेत गज्जबको छ ।

चलचित्र क्षेत्रमा नम्रताको करिअर सुखद छैन । चलचित्र नचलेपछि र अर्की नायिका नम्रता श्रेष्ठसँग नाम जुधेपछि उनलाई समस्या परेको हो । यसैले पनि उनलाई चलचित्र पाउन नै मुश्किल परिरहेको देखिन्छ ।

नम्रता भने आफ्नो लक्ष्यमा पुग्नका लागि २ वटा मन्त्र बोकेर अगाडि बढेको उल्लेख गर्छिन् । उनले, लक्ष्यमा पुग्नका लागि संकल्प र अनुशासन आवश्यक रहेको उल्लेख गरेकी छिन् । जीममा उनको यो २ वटा मन्त्रले काम गरिरहेको छ । तर, चलचित्रमा भने उनको संकल्प र अनुशासनले पनि अझै उनलाई सफलता दिलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment