Comments Add Comment

मेक्सिकोमा हतियारधारीको आक्रमणमा १३ प्रहरी मारिए

Photo Credit : Reuters

६ चैत, काठमाडौं । मेक्सिकोमा अज्ञात हतियारधारीको आक्रमणमा १३ प्रहरी मारिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबार राजधानी सहर मेक्सिको सिटीबाट केही बाहिर जाँदै गरेको अवस्थामा उनीहरुमाथि आक्रमण भएको हो । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार प्रहरी आउने सूचना पाएकाले आक्रमणकारीहरुले उनीहरुको बाटो कुरेर आक्रमण गरेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तस्वीरमा प्रहरीको कारमा गोली लागेको देखिएको छ । प्रहरीमाथि आक्रमण भएको स्थान राजधानीबाट ६४ किलोमिटर टाढा पर्छ । मेक्सिकोका रक्षामन्त्री रोड्रिगो मार्टिनेज केलिसले यो आक्रमणबारे प्रहरीले आवश्यक कानुनी कदम चाल्ने बताए ।

अहिले मेक्सिकोको प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ । उक्त आक्रमणमा आक्रमणकारीतर्फ भएको क्षति भने स्पष्ट भइसकेको छैन ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment