Comments Add Comment

साढे ५ लाखको चेक बाउन्स भएपछि दुगड आइरनका सञ्चालक पक्राउ

६ चैत, काठमाडौं । दुगड आइरन उद्योगका सञ्चालक प्रकाश दुगड चेक अनादर सम्बन्धी कसूरमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।

उनका अनुसार प्रहरी वृत्त, मालिगाउँमा उनीविरुद्ध गत माघमा किटानी जाहेरी परेको थियो । पीडितले ५ लाख ६७ हजार रुपैयाँको चेक बाउन्स भएपछि कारबाहीका लागि जाहेरी दिएलगत्तै जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको थियो ।

बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment