Comments Add Comment

व्यापार वार्तामा अमेरिका–चीनबीच आरोप-प्रत्यारोप

६ चैत, काठमाडौं । अमेरिका र चीनले बिहीबार भएको उच्चस्तरीय वार्तामा एकअर्कामाथि आरोप-प्रत्यारोप लगाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार लामो समयपछि बिहीबार अमेरिकाको अलास्कामा दुई मुलुकका प्रतिनिधिको बीचमा वार्ता भएको हो । उच्चस्तरीय वार्ताको क्रममा यस्तो आरोप-प्रत्यारोपका घटना भने कमै मात्र हुन्छन् ।

उक्त बैठकमा चिनियाँ अधिकारीहरुले अमेरिकामाथि अन्य मुलुकलाई चीनमाथि आक्रमण गर्न उक्साइरहेको अरोप लगाएका थिए । अमेरिकी अधिकारीले पनि चीन राम्रोसँग नबुझी यो निष्कर्षमा पुगेको बताएका थिए । चीन र अमेरिकाको सम्बन्ध अहिले सबैभन्दा तनावपूर्ण अवस्थामा छ । पछिल्लो केही वर्षयता दुई मुलुकको सम्बन्ध निकै तनावपूर्ण बनेको हो ।

अमेरिकाले चीनसँगको वार्तामा वीगर मुस्लिममाथिको दमनको विषयलाई पनि उठाउने नीति लिएको छ । बिहीबार एक घण्टा चलेको बैठकमा चीन झुक्छ भनेर अमेरिकाले सोचिरहेको भए त्यो भ्रम हुने चिनियाँ अधिकारीले बताएका थिए ।

बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, चिनियाँ समकक्षी वाङ यी, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र चिनियाँ कूटनीतिक अधिकारी याङ जेइचीबीच वार्ता भएको थियो ।

वार्ताको क्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले अमेरिकाले शिन्चियाङ, हङकङ, ताइवान, अमेरिकामा भएको साइबर आक्रमण र आफ्ना सहयोगी मुलुकमा बढाइएको आर्थिक दबाबमा निरन्तर आवाज उठाउने बताएका थिए ।

बैठकमा चिनियाँ कूटनीतिक अधिकारी याङले अमेरिकाले आफ्नो सैन्य शक्ति र आर्थिक वर्चस्वको गलत प्रयोग गरिरहेको आरोप लगाउँदै अमेरिकाले अन्य मुलुकमाथि दादागिरी गरेको र उनीहरुलाई दबाउने प्रयास गर्दै आएको बताएका थिए ।

चिनियाँ अधिकारीले अश्वेत नागरिकमाथिको पक्षपातमा अमेरिका आफैँले मानवाधिकारको रक्षा गर्न नसकेको आरोप लगाएका थिए । चिनियाँ अधिकारीले अमेरिकासँग कुनै दुश्मनी नचाहेको भए पनि आफ्नो सिद्धान्तमा भने अडिग रहने बताएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

बोल्ड जेबिका

Advertisment