Comments Add Comment

मलाई ह्वीप लाग्दैन, तर दलको निर्देशन बाहिर जान्न : वामदेव गौतम

७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूलाई संसदीय दलको ह्वीप नलाग्ने बताएका छन् । दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा पुगेका गौतमले आफू राष्ट्रपतिबाट चुनिएकाले दलको ह्वीप नलाग्ने बताए ।

‘म राष्ट्रपतिबाट चुनिएको सांसद हुँ । संसदीय दलको बैठकमा मलाई नबोलाए पनि हुन्छ भन्ने लागेको हो । मलाई ह्वीप लाग्दैन भन्ने मेरो बुझाइ हो । तथापि, म दलको निर्देशन भन्दा बाहिर जान्न’, गौतमले भने ।

गौतमले आफू संसद् विघटन र अविश्वासको प्रस्ताव कतैपनि नलागी पार्टी एकता जोगाउन लागिपरेको बताए । ‘म कतै लागिनँ । पाटी एक बनाउन लागेँ, कहिले कसैलाई बढी र कसैलाई कम भने हुँला’, उनले भने ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि आफू खुशी भएको पनि गौतमले सम्झिए । ‘पार्टी राजनीतिक रुपमा र व्यवहारिक रुपमा फुटेको थियो । निर्वाचन आयोगले फुटाउन नसकेको मात्रै थियो’, उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment