+
+
Shares

सरकारको नेतृत्व गर्न काँग्रेसलाई प्रस्ताव आएको छैनः विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ७ गते १६:१३

७ चैत, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको नेतृत्वका निम्ति कुनै दलबाट औपचारिक प्रस्ताव नआएको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा निधिले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बाट औपचारिक प्रस्ताव नआएको बताए ।

‘प्रतिपक्षमा बस्ने कुन दल होला, जो सरकार बनाउन अग्रसर नहोस् ?’, निधिले प्रश्न गरे । काँग्रेस सरकारको नेतृत्व लिन अग्रसर भएन भन्ने आलोचनाको खण्डन गरे । गत साता सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जसपाका नेताहरुसँग भेटवार्ता भएपनि सरकारको नेतृत्व लिन प्रस्ताव नआएको उनले बताए । काँग्रेससँग वैकल्पिक सरकार बनाउने आवश्यक बहुमत नभएको र अन्य दलको प्रस्ताव पनि नआएको उनले बताए।

तर, केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने पक्षमा काँग्रेस रहेको निधिको भनाइ थियो । ‘अलिकति पनि नैतिकता भएको भए सर्वोच्च अदालतको फैसला आएको एक मिनेट नबित्दै राजीनामा दिनुपथ्र्यो’, निधिले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?