Comments Add Comment

म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा

८ चैत, काठमाडौं । एभरटनलाई २-० ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एभर्टनको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान र केभिन डी ब्रुयनेले एक–एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सिटीले अन्तिम पाँच मिनेटभित्र दुई गोल गरेको थियो ।

खेलको ८४ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा ब्रुयनेले गोल गर्दै सिटीलाई २–० को जित दिलाए । सिटी लगातार तेस्रो सिजन एफए कपको सेमिफाइनलमा पुगेको हो । यस्तै बर्नमाउथलाई ३–० ले पराजित गर्दै साउथह्याम्पटन पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment