Comments Add Comment

सबै अटे, तर ‘छक्का पन्जा’ टिमको गीतमा जितु अटेनन्

शनिबार एक कार्यक्रमको आयोजना गर्दै हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘धनियाँ के होली’ बोलको गीत सार्वजनिक गरिन् । यो गीतलाई ‘छक्का पन्जा’ टिमले निर्माण गरेको हो । दीपाश्रीले भिडियोको निर्देशन गरेकी हुन् ।

यो गीतको भिडियोमा ‘छक्का पन्जा’को सिरिजमा देखिने अधिकांश कलाकार देखिएका छन् । तर, कलाकार जितु नेपाल भने देखिएका छैनन् । दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलादेखि किरण केसी, रवि डंगोल, शिवहरि पौडेल लगायतका कलाकार गीतको भिडियोमा छन् ।

‘छक्का पन्जा’ टिम र कलाकार जितु नेपालविच सम्बन्ध विग्रिएको खबर सार्वजनिक भएको केही महिना भयो । जितु आफैले सम्बन्ध विग्रिएको खबरलाई अस्विकार पनि गर्दै आएका थिए । तर, जितु र दीपाश्री विभिन्न कार्यक्रममा एकसाथ देखिएपनि दिपकराज गिरी र जितु भने एकसाथ देखिएका छैनन् । शुक्रबार शुभारम्भ भएको ‘कान्तिपुर सिनेप्लेक्स’को उद्घाटन कार्यक्रममा पनि जितु र दिपकराजविच बोलचाल भएन ।

अब, ‘छक्का पन्जा’ टिमको गीतमा नै जितु नदेखिनुले के कुरा प्रष्ट हुन्छ भने यो टिममा फाटो आइसकेको छ । जितुले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला बाहिरिएपछि ‘छक्का पन्जा’ टिम र उनीविच सम्बन्ध विग्रिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment