
८ चैत, काठमाडौं । अष्ट्रेलियाको एयरलाइन्स कम्पनी क्वान्टासका प्रमुखले हवाई यात्राको लागि अब कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको प्रमाणपत्र बुझाउनुपर्ने नियम आउनसक्ने बताएका छन् । क्वान्टासका सीईओ एलान जोएसले अहिले विश्वका धेरै मुलुकले अन्तर्राष्ट्रिय पर्यटकलाई आफ्नो देश प्रवेश गर्न खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने माग राखेको बताएका छन् ।
कोरोनाविरुद्धको खोप विश्वभरको पर्यटन क्षेत्रमा सुधारको लागि निकै महत्वपूर्ण मानिएको छ । गत वर्ष कोरोना महामारीका कारण विश्वभर हवाईयात्रीको संख्या ७५.६ प्रतिशत घटेको थियो ।
क्वान्टासका सीईओ जोयसले अहिले धेरै मुलुकले खोपलाई देश प्रवेशको शर्तको रुपमा राख्न थालेको बताए । यदि सबै मुलुकले खोप प्रमाणपत्र आवश्यक नपर्ने बताएपनि क्वान्टासले त्यसलाई अनिवार्य बनाउने उनको भनाइ छ । उनले आफूहरु सबैलाई सुरक्षित राख्न प्रयासरत रहेको बताए । त्यसका लागि कम्पनीले टिकट काट्ने बेलाको शर्त परिवर्तनको तयारी गरिरहेको जोएसले बताए ।
आफ्ना अधिकांश ग्राहकले कम्पनीको नयाँ नियम मन पराएको उनको दाबी छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4