Comments Add Comment

सेयर बजार ६३ अंकले बढ्दा पनि यी १० कम्पनीले भने गुमाए

८ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूह बढेर हरियाली देखिएका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ६३ दशमलव ३८ अंकले अर्थात २ दशमलव ५६७ प्रतिशतले बढेको छ ।

२६ सयको विन्दुभन्दा माथि लागिसकेको नेप्से परिसूचक केही दिन लगातार घट्दा २४ सय हाराहारीमा झरेको थियो । आइतबार ६३ अंकले बढ्दा नेप्से परिसूचक २ हजार ५ सय ३८ दशमलव ४७ अंकमा पुगेको छ ।

कारोबार रकममा समेत केही दिन अघिको कारोबारको तुलनामा सुधार आएको छ । आइतबार १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५ सय ६९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा कारोबार हुने सबै समूह ओलारो लाग्दा पनि केही कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् ।

हेर्नुहोस् कुन–कुन कम्पनीको सेयर मूल्य कतिले घट्यो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment