Comments Add Comment

सप्तरी मेयर कप क्रिकेटमा रुपनी राइडर्सको विजयी शुरुवात

८ चैत, काठमाडौं । तेस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग राजविराजमा सुरु भएको छ । राज रंगशालामा आइतबार भएको उद्घाटन खेलमा रुपनी राइडर्सले बोदे बर्साइन थन्डर्सलाई १३ रनले पराजित गरेको छ ।

रुपनीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साइनले पूरै २० ओभर ब्याटिङ गरेपनि सम्पूर्ण विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । बोदे बर्साइनका लागि नारायण जोशीले सर्वाधिक ३३ रन, कप्तान सिद्धान्त लोहनीले २४ रन, योगेन्द्रसिंह कार्की र विकास दासले समान १७ रन बनाए ।

रुपनी राइडर्सको बलिङमा सुमित झाले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिए । अनिल यादवले २ विकेट तथा फिर्दोष अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुजकुमार यादवले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको रुपनी राइडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।

रुपनीका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ५४ रन बनाए । उनले ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । निरज मुखियाले १९ रन, अनिल यादवले अविजित १७ रन, अनुज यादवले अविजित १५ रन तथा कुशल भुर्तेलले १२ रन बनाए ।

बोदे बर्साइनको बलिङमा अफस्पिनर विशाल सुस्लिङले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २६ रन खर्चिए । नारायण जोशी, पप्पु यादव र वसन्त रेग्मीले समान १ विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच सुनिल धमला चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment