+

खेलाडीको दुर्घटना बीमामा लागि मेडिसिटी अस्पतालसँग सम्झौता

२०७७ चैत  ८ गते १५:१३ २०७७ चैत ८ गते १५:१३
खेलाडीको दुर्घटना बीमामा लागि मेडिसिटी अस्पतालसँग सम्झौता

८ चैत, काठमाडौं । खेलाडीको दुर्घटना बीमाका लागि एन्फाले मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । यसअघि प्रभु इन्स्युरेन्ससँग सम्झौता गरेपनि भुक्तानी ढिला हुने भएकोले सीधै अस्पतालसँग सम्झौता गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । यस विषयमा प्रभु इन्स्युरेन्ससँग पनि कुरा भइसकेको उनले बताए ।

दुर्घटना बीमा सम्झौतामा एन्फा स्वास्थ्य समितिका प्रमुख निरोज खड्गी र मेडिसिटीका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । राष्ट्रिय खेलाडी र ए डिभिजन खेल्ने खेलाडीको ५ लाखसम्मको बीमा हुने सम्झौतामा उल्लेख छ ।

यस्तै बी र सी डिभिजन खेल्ने खेलाडीको लागि ३ लाख रुपैयाँको बीमा गरिएको छ । अन्य खेल कर्मचारीहरुका लागि १ लाख ५० हजारको बीमा हुनेछ । त्यसका लागि सबैले १ हजार पाँच सय रुपैयाँ प्रिमियम बुझाउनुपर्ने एन्फाले जनाएको छ ।

यसैबीच, एन्फाको आयोजनामा यही चैत १० देखि १६ गतेसम्म दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तान सहभागी हुँदैछन् ।

नेपालले पहिलो खेल चैत १२ गते किर्गिस्तानसँग खेल्नेछ भने चैत १० गते हुने उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय