Comments Add Comment

मन्त्रिपरिषदबाट बढुवा र नियुक्ति

८ चैत, काठमाडौं । सरकारले विभिन्न निकायका कर्मचारीको सरुवा, बढुवा तथा पदस्थापन गरेको छ । गत चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीहरुको सरुवा, बढुवा तथा पदस्थापन गरेको हो ।

मन्त्रिपरिषद्ले सहन्याधिवक्ता श्यामकुमार भट्टराईलाई नायव महान्यायाधिवक्तामा बढुवा गरी महान्याधिवक्ताको कार्यालयमा पदस्थापन गरेको छ । यस्तै सहसचिव तोयानाथ अधिकारीलाई बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरेको छ ।

नेपाली सेनाका प्राविधिक महासेनानी डा. सरिता केसीलाई प्राविधिक सहायक रथीमा र प्राविधिक प्रमुख सेनानी डा. मुन थापालाई प्राविधिक महासेनानीमा बढुवा गरेको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको अध्यक्षमा विनोदकुमार जोशीलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

यस्तै नेपाल र बंगलादेशबीचको ट्रान्जिट रेलवे रुटको एलओई स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । एलओईमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई अख्तियारी दिएको छ ।

सरकारले नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल (तामाङ)लाई नियुक्त गरेको छ ।

यसैगरी सरकारले हेटौंडा उपमहानगरपालिकास्थित नेपाल ट्रष्टको ९ कट्ठा १५ धुर जग्गा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लिजमा दिने निर्णय गरेको छ ।

तत्कालीन पञ्चायती शासन व्यवस्था विरोधी आन्दोलनमा सहभागी भएका कारण सरकार पक्षबाट हत्या भएका झापाको विर्तामोड नगरपालिका–९ का स्वर्गीय चन्द्र डाँगी र बुद्धशान्ति गाउँपालिका–१ का स्वर्गीय रामप्रसाद प्रधानलाई शहीद घोषणा गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment