 
																						फाइल तस्वीर								
											८ चैत, काठमाडौं । सरकारले गतवर्षको भन्दा ९६ रुपैयाँ प्रति क्विन्टलले बढाएर यस वर्षको लागि गहुँको समर्थन मूल्य तोकेको छ । गत फागुन २० गते बसेको मन्त्रिपरिषद् बैठकले गहुँको सर्मथन मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको हो ।
सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि उक्त मूल्य तोकेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । गत वर्ष गहुँको न्यूनतम सर्मथन मूल्य ३ हजार १५ रुपैयाँ थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनः मूल्यांकन गरेर सर्मथन मूल्य मन्त्रिपरिषदमा पठाउने गर्छ । सरकारले उखु, धान, लगायतका बालीमा समर्थन मूल्य तोक्दै आएको छ ।
यसअघि आर्थिक वर्ष ०७४/७५ मा सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५७१ रुपैयाँ तोकेको थियो । त्यस बीचमा भने गहुँको मूल्य निर्धारण भएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4