+
+
Shares

हिउँ चितुवाले सखाप पार्‍यो च्याङ्ग्रा

रासस रासस
२०७७ चैत ८ गते २०:२२
फाइल तस्वीर

८ चैत, जाजरकोट । हिउँ चितुवाको आक्रमणमा परी डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५० च्याङ्ग्रा मरेका छन् ।

उपल्लो डोल्पामा पटकपटक हिउँ चितुवाको आक्रमणमा परी च्याङ्ग्रा मारिदै आएका छन् । च्याङ्ग्राको गोठमै हिउँ चितुवा पसेर सबै सखाप परेको बुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र सालदाङ हिउँ चितुवा संरक्षण समितिले जनाएको छ ।

मारिएका च्याङग्राको क्षर्तिपूर्तिका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (तेस्रो संशोधन २०७५) अनुसार निकुञ्जद्वारा राहत दिनका लागि पहल गरिने निकुञ्जले जानकारी दिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?