Comments Add Comment

आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म खोल्ने ट्रम्पको तयारी

९ चैत, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ल्याउने तयारी गरेका छन् ।

ट्रम्पका सल्लाहकार जेसन मिलरले छिट्टै नै ट्रम्प आफ्नै प्लेटफर्मबाट सामाजिक सञ्जालमा फर्किने बताएका हुन् । अब दुईदेखि तीन महिनापछि पूर्वराष्ट्रपति ट्रम्पलाई सामाजिक सञ्जालमा देख्न पाइने उनले फक्स न्युजसँग बताए ।

यसअघि फेसबुक र ट्विटरले ट्रम्पको एकाउन्टमा प्रतिबन्ध लगाएको थियो । गत जनवरीमा अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणपछि फेसबुक र ट्विटरले ट्रम्पको एकाउन्टमा प्रतिबन्ध लगाएका थिए । ट्रम्पले ट्विटर धेरै प्रयोग गर्थे र उनका ९ करोड फलोअर्स थिए ।

ट्रम्पले ल्याउने नयाँ सामाजिक सञ्जाल प्लेटफर्मको नाम भने खुलाइएको छैन । ट्रम्पका सल्लाहकार मिलरले उक्त सामाजिक सञ्जाल ठूलो हुने बताए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment