Comments Add Comment

म्यानमारको सैनिक ‘कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध लगाउँदै ईयू

९ चैत, काठमाडौं । युरोपेली संघ (ईयू)ले म्यानमारमा गत फेब्रुअरी १ मा भएको सैनिक ‘कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । ईयूका विदेश नीतिका प्रमुख जोसेप बोरेलले ईयूका विदेशमन्त्रीहरुको बैठकअघि यस्तो बताएका हुन् ।

सोमबार ईयूका विदेशमन्त्रीहरुको बैठकले उक्त निर्णय गर्ने बोरेलको भनाइ छ ।

बोरेलले म्यानमारमा पछिल्लो समय परिस्थिति झन् नाजुक बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । म्यानमारमा फेब्रुअरी १ मा सेनाले शक्ति आफ्नो हातमा लिएसँगै निरन्तर त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । सेनाले पनि शान्तिपूर्ण आन्दोलनमा बर्बर दमन गरिरहेको छ ।

अहिलेसम्म सैनिक ‘कू’को आन्दोलनका क्रममा २५० जनाभन्दा बढी प्रदर्शनकारी मारिइसकेका छन् । हिंसा बढेसँगै प्रदर्शनकारीहरुले पनि विरोधको फरक–फरक तरिका अपनाइरहेका छन् । सोमबार म्यानमारमा सवारीसाधन चालकहरुले हर्न बजाउँदै सैन्य ‘कू’को विरोध गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment