Comments Add Comment

दिल्लीमा अब २१ वर्ष पुगेकाले रक्सी पिउन पाउने

९ चैत, काठमाडौँ । नयाँ दिल्लीमा रक्सीको तस्करी रोक्‍न र राजस्व बढाउन दिल्ली सरकारले एक्साइज नीति नै परिवर्तन गरेको छ । योसँगै अब दिल्लीमा २१ वर्ष उमेर पुगेका व्यक्तिले रक्सी पिउन पाउने भएका छन् ।

दिल्लीका उप-मुख्यमन्त्री मनीष सिसोदियाले सोमबार नयाँ एक्साइज पोलिसी घोषणा गरेको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् । सिसोदियाले भने, ‘दिल्लीमा अब रक्सी पिउनको लागि उमेर २५ वर्षबाट घटाएर २१ वर्ष हुनेछ। जस्तो नोएडा, युपीमा छ ।’

उनका अनुसार अब दिल्लीमा २१ वर्ष पूरा भएका युवाले रक्सी पिउन सक्नेछन् । तर २१ वर्ष मुनिका उमेर समूहले रक्सी पिउन पाउनेछैनन् । यतिमात्रै होइन, त्यहाँ पसल पनि खोल्न पाइने छैन ।

सन् २०१६ पछि दिल्लीमा कुनै पनि नयाँ पसल खुलेका छैनन् । ६० प्रतिशत सबै सरकारी पसलहरु छन् । जहाँ धेरै कर चोरी हुने गर्दछ । दिल्ली सरकारले भने अब सरकारी पसल नरहने घोषणा गरेको छ । रक्सीको पसल अब सडकको छेउमा खोल्न पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment