+
+
Shares

मनिग्राममार्फत दुई सय बढी देशबाट ईसेवा मनि ट्रान्सफरको सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते २०:०५

९ चैत, काठमाडौं । अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र ईसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।

सम्झौतासँगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीहरुले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफूले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्ने जनाइएको छ । साथै निकट भविष्यमा मनिग्राममार्फत पठाएको नगद विप्रेषण ईसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ । साथै छिटै नै मनिग्राम मार्फत ईसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गरिनेछ ।

यस साझेदारीको आधारमा मनिग्राम र ईसेवा मनि ट्रान्सफरले धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक ,संंयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोप, बेलायत लगायत २०० भन्दा बढी मुलुकहरुका सेवाग्राहीहरुलाई रकम पठाउन थप सहज हुनेछ ।

ईसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइराला ले भने, ‘मनिग्रामसँगको सहकार्यले गर्दा हामीलाई विश्वभर फैलिएर रहेको नेपाली आप्रवासीहरुको ठूलो समूहमा पुग्न मद्धत गर्ने साथै नेपालमा पैसा पठाउने भर पर्दो माध्यम हुनेछ । यो सम्झौताले अन्तर्राष्ट्रिय विपे्रषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरिय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पुर्‍याउने छ।’

मनिग्राम इन्टरनेशनल अन्तरदेशीय विप्रेषण सेवाको क्षेत्रमा विश्वकै अग्रणी कम्पनी हो । मनिग्राम मार्फत २०० भन्दा बढी देशहरुबाट सहज र सरल ढंगबाट पैसा पठाउन सकिनेछ भने ९० भन्दा बढी देशबाट डिजिटल माध्यमबाटै रकम पठाउन र भुक्तानी लिन सकिनेछ । मनिग्राम उच्च स्तरीय प्रविधिको प्रयोग गरी मोबाइल तथा API सञ्चालित प्लेटफर्मको माध्यमबाट हरेक वर्ष लाखौं सेवाग्राहीहरुलाई डिजिटल तथा अन्य माध्यमबाट गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ ।

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। ईसेवा मनि ट्रानसफरले आफ्नो सेवाग्राहीहरुलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?