Comments Add Comment

नेशनल फिल्म अवार्डः कंगना बेष्ट नायिका, ‘छिछोरे’ बेष्ट फिल्म

सोमबार भारतमा ‘६७ औं नेशनल फिल्म अवार्ड’को घोषणा गरिएको छ । सन् २०१९ मा रिलिज भएका चलचित्रहरुको आधारमा भारत सरकारले विभिन्न विधामा ‘नेशनल फिल्म अवार्ड’को घोषणा गरेको हो । यो अवार्ड भारतका राष्ट्रपतिको हातबाट प्रदान गरिन्छ ।

यो बर्षको उत्कृष्ट चलचित्रको अवार्ड नायक सुशान्त सिंह राजपुत र नायिका श्रद्धा कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘छिछोरे’ले प्राप्त गरेको छ । यस्तै, चलचित्र ‘मणिकर्णिका र पंगा’बाट नायिका कंगना रनावतले ‘उत्कृष्ट नायिका’को अवार्ड प्राप्त गरेकी छिन् ।

यसअघि कंगनाले सन् २००८, २०१४, २०१५ मा पनि ‘नेशनल फिल्म अवार्ड’ जितिसकेकी छिन् । यस्तै, मनोज बाजपेयी र धनुषले ‘उत्कृष्ट नायक’को अवार्ड जितेका छन् । उत्कृष्ट ‘सह–नायक’को अवार्ड विजय सेतुपतिले जित्दा ‘उत्कृष्ट गायक’को अवार्ड ब्री प्राकले जितेका छन् ।

पल्लवी जोशीले ‘उत्कृष्ट सह–नायिका’को अवार्ड जित्दा ‘उत्कृष्ट सम्पादन’को अवार्ड चलचित्र ‘जर्सी’ले प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment