+
+
Shares

२३ फागुनमा खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १० गते १४:५७

१० चैत, काठमाडौं । फागुन २३ गते कोरोना खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए ।

चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी विकास नै संक्रमण भएको हुनसक्ने उनले बताए ।

‘निमोनिया, खोकीलगायत लक्षण देखिएको छ । इम्युनिटी बन्नुअघि संक्रमण भएछ,’ निर्देशक राजभण्डारीले भने, ‘खोप लगाउनासाथ इम्युनिटी बन्दैन । कम्तीमा १ महिना लाग्छ । त्यसैले सचेत होऔं ।’

निर्देशक राजभण्डारीले कोरोनाविरुद्ध खोप लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाड्‍नु घातक भएको बताए । खोपको उपलब्धता अहिले नै सबैलाई नभएको र हाल नेपालमा देखिएको कोरोना भाइरस नयाँ भेरियण्ट भएको आशंका रहेकाले खोपले काम गर्छ वा गर्दैन भन्ने अन्योल रहेको उनको भनाइ छ ।

‘कोरोनाको खोप कभरेज सबैलाई र पुरै मात्रामा पुगेको छैन । नेपालमा कोरोनाको नयाँ भेरियण्टको आशंका छ’, उनले भने, ‘नयाँ भेरियण्टमा खोप प्रभावकारी हुन्छ कि हुन्न भन्ने विषयमा खासै अध्ययन नभएकाले पनि हामी सतर्क हुनैपर्छ ।’

सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो । अहिले टेकु अस्पतालमा ४ जना संक्रमित आईसीयूमा र ६ जना सामान्य वार्डमा उपचाररत छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?