Comments Add Comment

सन् २०२१ मा लयमा बार्सिलोना, ३९ मा ३७ अंक जोड्न सफल

१० चैत, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले २०२१ मा उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ ।

सन् २०२०–२१ को सिजनमा खराब शुरुवात गरेको बार्सिलोनाले नयाँ वर्ष शुरु भएपछि ला लिगामा स्थिर प्रदर्शन जारी राखेको छ । क्याटलान क्लबले ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ र उपाधि होडमा पनि आफूलाई अगाडि ल्याएको छ ।

बार्सिलोनाले सन् २०२१ मा ला लिगामा १३ खेल खेल्दा अपराजित यात्रा कायम राख्दै १२ खेल जितेको छ भने एक खेल बराबरी गरेको छ । बार्सिलोनाले सम्भव भएको ३९ मध्ये ३७ अंक जोडेको छ ।

नयाँ वर्ष शुरु भएपछि बार्सिलोना ला लिगामा अपराजित रहेको छ । फेब्रुअरी २१ मा भएको काडिज विरुद्धको खेल मात्र बार्सिलोनाले जित्न सकेन ।

आइतबार रियल सोसिडाड विरुद्ध ६–१ को सहज जित हात पार्दै बार्सिलोनाले आफू स्पेनको उत्कृष्ट भएको प्रमाणित गरेको छ । यस्तै पछिल्ला खेलमा बार्सिलोनाले ग्रानडालाई ४–० ले, अलाभेजलाई ५–० ले र हुएस्कालाई ४–१ ले पराजित गरेको थियो ।

२०२१ मा उत्कृष्ट नतिजा

दुई मड्रिड क्लब एट्लेटिको र रियलले सन् २०२१ मा बार्सिलोनाभन्दा धेरै अंक गुमाएका छन् । नयाँ वर्ष लागेयता एट्लेटिकोले ९ खेल जित्दा ४ खेल बराबरी खेलेको छ भने एक खेल हारेको छ ।

यस्तै जिनेदिन जिदानको रियलले १२ खेल खेल्दा ८ खेल जितेर ३ खेलमा बराबरी गरेको छ भने एक खेलमा पराजित भएको छ । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले चोटको समस्याको बावजुद पनि टिममा सन्तुलन कायम गरेका छन् ।

कप्तान लियोनल मेसीले यस वर्ष पनि सर्वाधिक गोलकर्ताले पाउने पीचीची अवार्ड पाउने सम्भावना देखिएको छ । उनले अहिलेसम्म २३ गोल गरिसकेका छन् ।
अन्तर्राष्ट्रिय ब्रेकपछि बार्सिलोनाले रियल भाल्लोडोलिड र रियल मड्रिडसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment