
१० चैत, काठमाडौं । सिरहाको नरहा गाउँपालिका–२ पानबारीमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।
स ६ प ९१५१ र स ८ प २२५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स ६ प ९१५१ नम्बरको मोटरसाइकलका चालक विष्णुपुर गाउँपालिका–४ का २८ वर्षीय दीपु पासवान र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार बस्ने २५ वर्षीय गुरुदेव महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घाइते भएका स ६ प ९१५१ नम्बरको मोटरसाइकलमा सवार २ जनाको विराट नर्सिङ होम र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार १ जनाको लहान नर्सिङ होममा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4