Comments Add Comment

पाकिस्तानी लिगको एउटै खेलमा नेपाली खेलाडी अनिताले गरिन् १६ गोल

१० चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा कराँची वुमन्सलाई ३५-० गोल अन्तरले पराजित गरेको छ ।

मंगलबार भएकाे खेलमा मासाकाे जितमा नेपाली खेलाडी अनिता केसीले १६ गोल गरिन् । यस्तै मिडफिल्डर सरु लिम्बुले १० गोल गरिन् ।

अरिबाले ३ तथा सम्रोज समिरानाले दुई गोल गरिन् । गीता रानाले २ गोल गरिन् । मासाकाे कप्तानसमेत रहेकी नेपाली गोलकिपर एन्जिलाले समेत २ गोल गरिन् ।

पहिलो खेलमा मासा युनाइटेडले सियालकोट सिटीलाई १९-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा हाइयर एजुकेसन कमिसनलाई ४-० गोल अन्तरले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment