
११ चैत, काठमाडौँ । पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई शुभकामना पत्र पठाएका छन् ।
मोदीले पठाएको शुभकामना पत्रमा छिमेकीको नाताले पाकिस्तानको नागरिकसँग असल सम्बन्ध बनाउन चाहेको बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
उनले उक्त पत्रमा लेखेका छन्, ‘ आपसी सम्बन्ध सुमधुर बनाइ राख्नका लागि आतंकवाद तथा शत्रुता मुक्त अनि विश्वास र भरोसाको माहोल बनाउनु जरुरी छ ।’
यसका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पनि पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीलाई शुभकामना पत्र पठाएका छन् ।
भारत र पाकिस्तान बीचको लाइन अफ कन्ट्रोल ( नियन्त्रण रेखा) माथि नयाँ तरिकाले युद्धविराम लागू गरिएका बेला नरेन्द्र मोदीले समकक्षी इमरान खानलाई उक्त पत्र लेखेका हुन् ।
एक महिनाअघि मात्रै दुवै देशका डिजिएमओले संयुक्त विज्ञप्ति जारी गर्दै एलओसीमाथि युद्धविरामको घोषणा गरेका थिए ।
प्रतिक्रिया 4