Comments Add Comment

गुल्मीमा ५ हजार बढी सवारी कारवाहीमा

११ चैत, गुल्मी । गुल्मी जिल्लामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ५ हजार २ सय सवारी साधनलाई कारबाही गरिएको छ । आठ महिनाको अवधिमा सवारी साधन कारबाहीबाट ३७ लाख ११ हजार राजश्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार साउनदेखि फागुन मसन्तासम्म ट्राफिक नियम उल्लंघन गर्ने १ सय १८ बस, ३ सय ८१ ट्रक, २ हजार १ सय ५० जिप ,कार , २७ सय ३३ मोटरसाइकल र ३ सय ३८ ट्याक्टर कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय जनाएको छ ।

यस्तै ३९ जनालाई मा.प.से कारबाही गर्दा ३९ हजार राजश्व रकम समेत संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए । यस अवधिमा जिल्लामा २९ वटा सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका थिए ।

मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनिहरुलाई कारबाही गरीएको आचार्यले बताए ।

जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आइरहेको छ । कार्यालयले यो अबधिमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, व्यवसायीक ,चालक, परिचालक, पैदल यात्रु तथा अन्य सर्वसाधारण गरी १ सय २२ पटकमा ३ हजार ७ सय ३९ जनालाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment