
११ चैत, काठमाडौं । कटुवा पेस्तोलसहित प्रहरीले वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ सिर्सियाका २७ वर्षीय दीपेन्द्र साह र सोही ठाउँका २३ वर्षीय सनाेज गुप्ता रहेका छन् ।
वीरगञ्जको श्रीपुर हुलाकी रोडमा शंका लागी खानतलासी गर्दा उनीहरुको साथबाट गोली नभएको एक थान कटुवा पेस्तोल फेला परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4