+
+
Shares

केपी ओली अन्तिम कम्युनिष्ट प्रधानमन्त्री बन्न सक्छन् : नेता खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ११ गते १९:२२

११ चैत,बुटवल । नेकपा एमालेका पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन लागिपरेको आरोप लगाएका छन् ।

पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले बुधबार बुटवलमा गरेको अन्तरक्रियामा केन्द्रका अध्यक्षसोत रहेका नेता खतिवडाले ओलीले कम्युनिष्टकै नामबाट कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न खोजेको आरोप लगाए ।

‘कम्युनिष्टकै नामबाट ओलीले कम्युनिष्ट आन्दोलन स्वाहा पार्न लागेका छन्,’ उनले भने, ‘पुष्पलाललाई सम्झिँदै उनलाई चिहानमा पु¥याउन ओली अग्रसर छन् ।’ पार्टी नेतृत्व दलाल पुँजीवादको पनि दलाल हुन पुगेको खतिवडाले टिप्पणी गरे ।

‘ढुंगाखानी, माटोखानी, खोलानाला, वन जंगलदेखि हरेक टेण्डरमा नेतृत्वले कमिसन खोज्ने संस्कार बसिसकेको छ,’ खतिवडाले भने, ‘नेतृत्वमा ठूलो विचलन छ, कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत नगर्ने हो भने ओली नै अन्तिम कम्युनिष्ट प्रधानमन्त्री बन्न सक्ने खतरा छ ।’

एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फैसला कम्युनिष्ट पार्टीलाई सिध्याउने ‘ग्राण्ड डिजाइन’ अन्तर्गत भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?