Comments Add Comment

जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान दिने

१२ चैत, काठमाडौं । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने भएको छ ।

यससम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो ।

यसले नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने छ ।

सो सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुनेछ । ‘आजको सहयोगमार्फत जर्मनीले नेपाललाई आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यवद्धता जनाएको छ र जर्मनीलाई जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग गरेको छ,’ नेपालका लागि जर्मनीका राजदूत सेइफेरले भनेका छन् ।

उनका अनुसार आर्थिक वृद्धिका लागि ऊर्जा एक महत्वपूर्ण तत्व हो तर ऊर्जा क्षेत्रले ग्रिन हाउस ग्यास उत्सर्जन गरिरहेको छ । यो विश्वव्यापी चुनौती सामना गर्न सबै मुलुक एक ठाउँमा आउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment