Comments Add Comment

कोरोना प्रभावः ‘लप्पन छप्पन २’को रिलिज मिति पोष्टपोन्ड

गतबर्षको चैत्र ११ गतेबाट सुरु भएको लकडाउन साउनसम्म जारी रह्यो । साउनपछि लकडाउन हटेपनि कोरोना त्रास भने कम भएको थिएन । नेपाल सरकारले कोरोना खोप अभियान सुरु गरेपछि मानिसहरुको चहलपहल पुरानै अवस्थामा फर्किरहेको थियो । तर, विश्वमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएको छ । यो लहरको असर नेपालमा पनि देखिन थालेको छ ।

कोरोनाको लहर फेरि सुरु भएपछि १० महिनासम्म ठप्प रहेको चलचित्र क्षेत्रलाई असर पर्ने संकेत देखिएको छ । १० महिनापछि विस्तारै चलमलाउन थालेको चलचित्र क्षेत्र फेरि प्रभावित हुने संकेत देखिन थालेको हो ।

चैत्र २७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘लप्पन छप्पन २’को प्रदर्शन मिति अनिश्चितकालका लागि पोष्टपोन्ड गरिएको छ । कोरोनाको लहर बढेको र स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न अनुरोध गरिसकेका कारणले चलचित्र पोष्टपोन्ड गरिएको निर्देशक मुकुन्द भट्टले जानकारी दिए ।

चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा ५० प्रतिशत अकुपेन्सी कायम रहेपनि चलचित्र रिलिज गर्ने बताएका मुकुन्दले कोरोनाका कारण देखाउँदै चलचित्र पोष्टपोन्ड भएको जानकारी दिए । सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका थिए ।

चैत्र २७ लाई नै प्रदर्शन मिति तय गरेको चलचित्र ‘कृष्ण लीला’को निर्माणपक्षले के गर्छ भन्ने टुंगो लागिसकेको छैन । तर, ५० प्रतिशत अकुपेन्सी कायमै रहेको र कोरोनाको केस पनि बढेको अवस्थामा नेपाली चलचित्र क्षेत्रका लागि फेरि समस्या पर्न सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment