Comments Add Comment

‘ब्यूटी क्विन’ एलिजा

बुधबार बेलुकी काठमाण्डौको पाँच तारे होटलमा आफ्नो जन्मदिन मनाउँदै गर्दा मोडल तथा नायिका एलिजा गौतम खुशी देखिइन् । एक त चलचित्र क्षेत्रका नजिकका साथीहरुको उपस्थिती, अर्कोतिर श्रीमान् ऋषि धमलाको सरप्राइज गिफ्ट । एलिजा खुशी नहुने कुरै थिएन ।

उनै, एलिजाको सुन्दरताको प्रशंसा गर्दै ऋषिले भने–‘एलिजाको बारेमा त मैले के भन्नु । आफन्त, साथीभाई, चलचित्र क्षेत्रमा मानिसहरु सबैले उनको सुन्दरताको प्रशंसा गरिरहेका छन् । उनी ‘ब्यूटी क्विन’ हुन् ।’

यो पनि पढ्नुहोस जन्मदिनमा उद्धव भट्टराईलाई एलिजाको २५ हजार सहयोग

श्रीमान् ऋषि धमलाको कुराले एलिजा भने लजाइन् । वन पिस पहिरनमा सजिएकी एलिजा आकर्षक देखिएकी थिइन् । चलचित्र क्षेत्रमा आएपछि पहिरनमा समेत ध्यान दिइरहेकी एलिजाले सबैसँग बसेर जन्मदिन मनाउन पाउँदा खुशी व्यक्त गरिन् ।

‘अनुराग’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा पछिल्लो केही महिनायता म्यूजिक भिडियोमा व्यस्त छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment