+
+

जन्मदिनमा उद्धव भट्टराईलाई एलिजाको २५ हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १२:५२

नायिका तथा मोडल एलिजा गौतमले आफ्नो जन्मदिनको अवसर पारेर कलाकार उद्धव भट्टराईलाई २५ हजार नगद सहयोग गरेकी छिन् । एलिजाले आफ्नो जन्मदिनको कार्यक्रम पाँच तारे होटल एभरेष्टमा आयोजना गरेकी थिइन् ।

सो कार्यक्रममा केट काट्दै एलिजाले भट्टराईलाई २५ हजार सहयोग गरेकी हुन् । उनले भनिन्–‘एक जना चर्चित कलाकारलाई सहयोग गर्न पाउँदा म खुशी छु । तर, म सबै कलाकर्मीहरुलाई उद्धव दाइलाई सहयोगका लागि आग्रह गर्दछु ।’
एलिजाको जन्मदिनमा नायिका आँचल शर्मा, डाक्टर उदिप श्रेष्ठ, कलाकार निर्मल शर्मा, गायक प्रकाश सपुत, दुर्गेस थापा, निर्देशक शिव वीक लगायत पुगेका थिए ।

यस्तै, केही महिना अगाडि एलिजाले आफ्नो जन्मदिनबाट नेपालभर घर बनाउने अभियान सुरु गर्ने बताएकी थिइन् । तर, एलिजाले यो अभियान अहिलेलाई रोकेको अनलाइनखबरसँग बताइन् ।

उनले भनिन्–‘अहिले समाजसेवाको बारेमा नकारात्मक चर्चा छ । म एक्लैले यो अभियानलाई अगाडि बढाउन सक्दिनँ । यसका लागि आम नेपालीको सहयोग आवश्यक छ । यस्तो अवस्थामा एकातिर समाजसेवाको बिषयमा नकारात्मक चर्चा हुनु र अर्कोतिर कोरोनाका कारण सबैलाई समस्या परेको छ । यसैले, यो अभियान तत्काल सुरु नगर्ने निर्णय गरेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?