Comments Add Comment

ग्लोबल आईएमई बैंकले जारी गर्‍यो ‘ग्लोबल ईकम डलर कार्ड’

१२ चैत, काठमाडौं । ग्लोबल आईएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप यस्तो डलर कार्ड जारी गरेका ग्लोबल आईएमई बैंकले जनाएको छ ।

बैंकले जारी गरेको डलर कार्डबाट भारतबाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सकिनेछ ।

ग्राहकवर्गले आफ्नो नागरिकता र प्यान कार्ड पेस गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्नेछन् । साथै कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आफैंले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिनेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैंकको दावी छ । मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

त्यसैगरी संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment