+
+
Shares

हुम्लामा ६ दिनपछि इन्टरनेट चल्‍यो

रासस रासस
२०७७ चैत १२ गते १८:०४
फाइल तस्वीर

हुम्लामा छ दिनदेखि अवरुद्ध भएको एडिएसएल टेलिफोन सेवा र इन्टरनेट बिहीबारदेखि सञ्चालनमा आएको छ ।

कालिकोटको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा छ दिनदेखि अवरुद्ध बनेको सेवा मर्मतपछि बिहीबारबाट पुनः सञ्चालन भएको छ ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्कामा परेका सेवाग्राहीलाई सहज भएको छ । महावुमा स्थापना भएको रिपिटर टावरमा खराबी आएपछि टेलिकमको इन्टरनेट र ल्यान्डलाइन सेवा अवरुद्ध भएको थियो ।

प्राविधिक टोलीले महावु पुगेर मर्मत गरेर आजबाट सो सेवा सञ्चालनमा आएको नेपाल टेलिकम शाखा कार्यालय सिमकोटले जानकारी दिएको छ ।
हुम्लामा ८६ ल्यान्डलाइन टेलिफोन लाइनबाट इन्टरनेट सेवा प्रदान गरिएको छ । टेलिकमको नमस्ते र सिडिएमए सेवामा पनि आवाज नसुनिने समस्या देखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?