Comments Add Comment

तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान हुने

१३ चैत, काठमाडौं । तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान दुईदिने प्रतियोगिता चैत्र २६ गतेदेखि सुनसरीमा हुन भएको छ ।

बिहीबार पत्रकार सम्मेलनमा आयोजक नेपाल डोरीतान संघका अध्यक्ष भवानी पौडेलले डोरीतान विश्वकै प्राचिन खेल भएकाले यसको विकास र विस्तारका लागि छिमेकी राष्ट्रसमेतको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागको बताए । उनले भने, ‘ स्कुल र कलेजमार्फत डोरीतान खेललाई विस्तार गदैछौं ।’

आयोजक जिल्ला सुनसरीका अध्यक्ष निश्चलराज शाक्यले प्रतियोगितामा मित्र राष्ट्र भारतको २ टिम, प्रदेश १, प्रदेश २, बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ तीन विभागीय टिम नेपाल आर्मी, नेपाल एपीएफ क्लब, नेपाल पुलिस, भूपू ब्रिटिस गोरखा र आयोजकको टिम गरी १२ टोलीको सहभागिता रहने जानकारी गराए ।

अन्तर्राष्ट्रिय डोरीतान महासंघको नियमअनुसार प्रत्येक खेल बेष्ट अफ थ्री नकाउटका आधारमा खेलाइने छ । दुहवी नगरपालिका सरस्वती माबीको खेल मैदानमा हुने खेलको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा शाक्यले जानकारी गराए ।

नेपाल खेलकुद पत्रकार मञ्चमा भएको पत्रकार सम्मेलनमा डोरीतान संघका वरिष्ठ उपाध्यक्ष सूर्य भट्टराई, उपाध्यक्ष एवंम मनमोहन स्पोर्टस् एकेडेमीका अध्यक्ष सुभाषश्री पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment